खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रधानमन्त्री प्रचण्डको आश्वासन – Nepal Press

खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रधानमन्त्री प्रचण्डको आश्वासन

डोटी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकास केन्द्र बन्ने
आश्वासन दिएका हुन् ।

उनले भने, ‘खप्तड क्षेत्रलाई पर्यटनमैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौं ।’

आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न राम देव र आचार्य बालकृष्णलाई पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए । उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आफू सुदूर पश्चिम प्रदेशको विकासको लागि प्रतिवद्ध रहेको पनि बताए ।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा राम देव, बाल कृष्ण आचार्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देबराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित छन् ।

आजदेखि सुरु भएको सम्मेलन २५ गते सम्म जारी रहने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर