करका दर हेरफेरमा सरकारले टार्न खोज्यो, संसदीय छानबिन समिति बनाइयोस् : राजेन्द्र लिङदेन (भिडिओ) – Nepal Press

करका दर हेरफेरमा सरकारले टार्न खोज्यो, संसदीय छानबिन समिति बनाइयोस् : राजेन्द्र लिङदेन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले करका दर फेरफेर प्रकरणमा सरकारले गतसाल झैं टार्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘गतवर्ष अनधिकृत मानिसलाई बजेट निर्माण प्रक्रियामा सामेल गराइयो भन्ने कुरा उठ्यो तर, निष्कर्षमा पुग्न सकेन । यो वर्ष पनि बजेटको अघिल्लो दिन ठूलो संख्यामा गाडीहरू भित्रिएका छन् र भोलिपल्ट बजेट आउँदा करका दरमा हेरफेर भएको छ । यो शंकास्पद अवस्थामा बजेट निर्माण प्रक्रियामा सेवा निवृत्त मान्छेलाई सामेल गरिएको भन्ने कुरा आएको छ । र, सरकारले त्यो होइन । करारमा राखिएको थियो । सधैँ राख्ने गरिएको थियो भनेर टार्ने कोसिस गरिरहेको छ ।’

उनले संसदीय छानबिन समिति गठन गरेर टुंगोमा पुर्‍याउन माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर