बागमती प्रदेशसभाका सांसदको लागि एमालेको अभिमुखीकरण कार्यक्रम सुरु – Nepal Press

बागमती प्रदेशसभाका सांसदको लागि एमालेको अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बागमती प्रदेश सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सुरु भएको छ ।

एमाले बागमती संसदीय दलले आफ्नो सांसदहरूलाई दुई दिने अभिमुखीकरण आयोजना गरेको हो ।

दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले विषय वस्तुमाथि निर्देशन दिनेछन् ।

कार्यक्रममा माधव पौडेलले कानुन निर्माणका प्रक्रियाहरू ९विधेयक उत्पत्ति, छलफल र पारित० बारे प्रशिक्षण गराउने छन् ।

यसैगरी आजै, एमाले संसदीय दलको उपनेता सुवास नेवाङले संसदीय अभ्यास र सांसदहरूको भूमिका (संसद् सञ्चालन, परिचालन, मर्यादा)को विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसैगरी, भोलि एमाले नेता रमेश बडालले नेपालको संविधान २०७२ र प्रदेश सभाको भूमिका बारे प्रशिक्षण दिनेछन् ।

भोलि नै समापन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीति र नेकपा एमाले सांसदहरुको भूमिका बारे सम्बोधनसहित निर्देशनात्मक प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले बागमतीका सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर