मुर्रा राँगोबारे ओली- मेरो पालामा छलफल गर्न टोली पठाएको थिएँ, प्रधानमन्त्रीजीले ल्याउनुभयो (भिडिओ) – Nepal Press

मुर्रा राँगोबारे ओली- मेरो पालामा छलफल गर्न टोली पठाएको थिएँ, प्रधानमन्त्रीजीले ल्याउनुभयो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा नस्ल सुधारको लागि आफ्नो पालामा भारतबाट मुर्रा रागाँ ल्याउनको लागि छलफलको लागि टोली पठाएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले अहिले भ्रमणको क्रममा ल्याएर राम्रो गरेको बताए ।

उनले भने, ‘नस्लसुधारदेखि हाइब्रिटको गर्नेदेखि हामी उत्पादन र उत्पादकत्व कसरी बढाउन सकिन्छ देश भित्रपनि कुरा गरियो हाम्रा छिमेकीहरुसँग पनि कुरा गरियो । नस्लसुधारको सन्दर्भमा । त्यसबेला मैले टोली पठाएको थिए मैले कुराकानी गर्न अहिले प्रधानमन्त्रीजीले लिएर आउनुभयो । राम्रो भयो । मेरो काम पनि शरण गर्नुभयो नि कमसेकम । मेरो समयमा पनि गरेको थियो हैं भनेर ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर