एमाले सांसदहरुलाई विश्वप्रकाशको आग्रह- आवेगलाई तिलाञ्जली दिनुस् (भिडिओ) – Nepal Press

एमाले सांसदहरुलाई विश्वप्रकाशको आग्रह- आवेगलाई तिलाञ्जली दिनुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोल्ने क्रममा एमाले सांसदहरुले अवरोध गरेपछि गरेपछि आवेगलाई तिलाञ्जली दिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले बोल्ने क्रममा एमाले सांसदहरुले आपत्ति जनाएपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले गम्भिर बिषयमा छलफल गरिरहेका छौं । त्यसैले म आग्रह गर्न चाहन्छु सदनले लिने कुनै निर्णयको बिषयमा संविधानको केन्द्रमा रहेर बोल्नुपर्छ । चाहे सत्तापक्षका होस् वा प्रतिपक्षका यो विधेयकमा रहेकालाई राख्नुपूर्व विनम्रतापूर्वक अपिल गर्न चाहन्छु विषयमा वस्तुगत भएर गम्भिरतापूर्वक छलफल गरौं। आवेगलाई तिलाञ्जली दिऔं ।’

 


प्रतिक्रिया

One thought on “एमाले सांसदहरुलाई विश्वप्रकाशको आग्रह- आवेगलाई तिलाञ्जली दिनुस् (भिडिओ)

  1. देश बेच्नेको पुच्छर तिमीजस्तो हो एमाले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर