मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० जेठ २२ गते १३:३८
![](https://www.nepalpress.com/wp-content/uploads/2022/01/Bike-Accident-at-Koteshwor.jpg)
माेटरसाइल दुर्घटना: फाइल तस्बिर
भरतपुर । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो ।
गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो ।
भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए । मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर