एमालेको कटाक्ष- मृत विधेयक ब्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिऔं (भिडिओ) – Nepal Press

एमालेको कटाक्ष- मृत विधेयक ब्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिऔं (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए ।

उनले संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्ने बताए ।

उनले भने, ‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन । राष्ट्रपति भनेको संसदको अंग हो । राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ ।’

मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्यूँताउन नमिल्ने भन्दै सांसद भट्टराईले भने , ‘मृत्यु भइसकेको विधेयकलाई व्यूँझाउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ- द्वन्द्व मारिएका १७ हजार मान्छेलाई पनि ब्यूँताइदिउन त एकपटक । यदि ब्यूँताउने अधिकार छ भने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर