रुपन्देहीबाट अर्घाखाँची जाँदै गरेको जीप सडकबाट खस्दा तीन जनाको मृत्यु – Nepal Press

रुपन्देहीबाट अर्घाखाँची जाँदै गरेको जीप सडकबाट खस्दा तीन जनाको मृत्यु

रूपन्देही । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको जीप आइतबार साँझ दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ ।

लु १ च ९०२४ नम्वरको जीप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा बेलुका ५ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको, १५ जना घाइते भएको वडाअध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।
घाईतेहरुलाई स्थानीयबासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि बुटवल पठाएको छ। मृतकहरुको पनि पोष्टमार्टमको लागि बुटवल पठाएको छ ।

मृत्यु हुनेहरु मध्ये जीप चालक एक उनको नाम खुल्न सकेको छैन भने अन्यको पनि पहिचान खुल्न सकेको छैन् । जीप अत्याधिक लोड भएकोले साँघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको जीप सडक बाट करिब ७० मिटर तल खसेको प्रहरीले बताएको छ ।

घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी सालझण्डीबाट प्रहरीहरु परिचालन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *