अखण्ड भारतको नक्साबारे नेपाल सरकार बेखबर, परराष्ट्रमन्त्री भन्छन्- यसबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा उठेन (भिडिओ) – Nepal Press

अखण्ड भारतको नक्साबारे नेपाल सरकार बेखबर, परराष्ट्रमन्त्री भन्छन्- यसबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा उठेन (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको अखण्ड नक्साबारे आफू र नेपाल सरकारलाई जानकारी नभएको बताएका छन् ।

शुक्रबार भारतीय टेलिभिजन च्यानल ‘आजतक’ सँग कुरा गर्दै साउदले यसबारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताए । उनले आजतकलाई दिएको २१ मिनेट ४५ सेकेन्ड लामो अन्तर्वार्तामा भनेका छन्, ‘अखण्ड भारतको नक्सा बारेमा मलाई कुनै जानकारी छैन । जानकारी नभएको कुरामा प्रधानमन्त्रीले बोल्ने कुरा आएन ।’

आजतक पत्रकारले अखण्ड भारतको विषयमा बिरोध भएको भन्दै नेपाली प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदी बीचमा कुनै वार्ता भएको छ कि छैन भन्ने कुरामा साउदले भने, ‘यो एक मुरल हो। यसमा नेपालले कुराकानी गर्न आवश्यक छैन ।’

अखण्ड भारत २५ सय वर्ष अगाडि चित्र भएको भन्दै त्यसमा नेपालको सिमाको कुरा आवश्यक नभएको साउदले बताएका छन् ।

साउदले यो सबै फेसबुकमा आएको भन्दै सामान्यीकरण गरेका छन् । भारतीय विदेश मन्त्रालयले अखण्ड भारत बारेमा बोल्दा नेपाली परराष्ट्रमन्त्रीले भने नेपाललाई ‘जानकारी नभएको’ भारतीय च्यानललाई बताएका हुन् ।

 


प्रतिक्रिया

One thought on “अखण्ड भारतको नक्साबारे नेपाल सरकार बेखबर, परराष्ट्रमन्त्री भन्छन्- यसबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा उठेन (भिडिओ)

  1. India ko comfortable sarkar..India ko PM ra India le banaideko pararastra mantri…Yaha Nepal ko lagi ta koi xainan…thukka ..yesta

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर