महिला टी-२० क्रिकेटको अन्तिम शृङ्खला, जीतका लागि मलेसियासँग भिड्दै नेपाल – Nepal Press

महिला टी-२० क्रिकेटको अन्तिम शृङ्खला, जीतका लागि मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । महिला टी–२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

महिला टी–२० को अन्तिम शृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो शृङ्खलामा भने विजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्विदेशीय शृङ्खलाको शनिवार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर