नागरिकता विधेयक प्रमाणीकरणका विषयमा सभामुखले गरे पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरणका विषयमा सभामुखले गरे पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा पूर्व सभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी थिए ।

उनीहरूले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

पक्ष÷विपक्षमा राजनीतिक दलहरूले नै बहस गर्ने बताउँदै उनीहरूले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यास अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सभामुखले पूर्वसभामुखभन्दा अगाडि पूर्वमहान्यायाधिवक्ताहरुसँग पनि छलफल गरेका थिए ।

छलफलमा पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्रा.डा. भरतबहादुर कार्की सहभागी थिए ।

पूर्वमहान्यायाधिवक्ताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको बताउँदै न्यायिक निरूपण सर्वोच्च अदालतले गर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर