‘जारी’ ५१ दिनमा प्रवेश, २९ वटा हलमा प्रदर्शनको ५१ दिन मनाउँदै – Nepal Press

‘जारी’ ५१ दिनमा प्रवेश, २९ वटा हलमा प्रदर्शनको ५१ दिन मनाउँदै

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित ‘जारी’ले आज प्रदर्शनको ५१ दिन पूरा गरेको छ । गत बैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ले आज २९ वटा हलमा आज प्रदर्शनको ५१ दिन मनाउन लागेको हो ।

आज उपत्यकाका १८ वटा हलमा र उपत्यकाबाहिरका ११ वटा गरि २९ वटा हलमा ५१ दिनको विशेष कार्यक्रम मनाउन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

निर्माण पक्षका अनुसार ५१ दिनमा जारीले १७ करोड ४३ लाख रुपैयाँ कमाएको छ ।लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथामा आधारित रहेको छ ।

कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *