नेपाली हजको पहिलो समूह साउदीको जेद्दा पुग्यो (तस्बिरहरु) – Nepal Press

नेपाली हजको पहिलो समूह साउदीको जेद्दा पुग्यो (तस्बिरहरु)

काठमाडौं । यस वर्षको साउदी अरेबियाको मक्का तथा मदिनामा हजका लागि नेपालबाट जाने पहिलो समूह आज विहान साउदी अरेवियाको जेद्दा पुगेको छ ।

जेद्दा विमानस्थलमा पुगेको हजयात्रीहरुको पहिलो समूहलाई साउदी अरेवियाका लागि नेपालका राजदूत महामहिम नवराज सुवेदी तथा नेपाली महाबाणिज्य दूतावास, जेद्दाका कार्यवाहक महाबाणिज्यदूत शत्रुध्वन पोखरेलले स्वागत गरे ।

यस वर्ष नेपालका लागि जम्मा १२०० हजयात्रीहरुको कोटा प्राप्त भएकोमा एक साताभित्र सबै हजयात्रीहरु जेद्दा हुँदै मक्का पुगिसक्नेछन् । मक्का तथा मदिनाको करिब ४५ दिनको हजयात्रा सम्पन्न गरी नेपाली हजयात्रीहरु स्वदेश फर्कने छन् ।

नेपालबाट जाने हजयात्रीहरुको विमानस्थल, मक्का तथा मदिनामा विभिन्न प्रकारका सहजीकरणका कार्यहरु जेद्दास्थित नेपाली महाबाणिज्यदूतावासले गर्दै आइरहेको छ । यस वर्ष संसारभरिका मुलुकहरुबाट करिब २५ लाखले हजयात्रा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *