गगनको प्रस्ताव- पार्टी सञ्चालनका लागि राज्यबाट खर्च लिने व्यवस्था गरौं, नत्र ढाकारामहरू आइरहन्छन् (भिडिओ) – Nepal Press

गगनको प्रस्ताव- पार्टी सञ्चालनका लागि राज्यबाट खर्च लिने व्यवस्था गरौं, नत्र ढाकारामहरू आइरहन्छन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सञ्चालनको लागि राज्यबाटै खर्च लिने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा आएका नव धनाड्यहरुले टिकट र केन्द्रीय सदस्य पनि बोकेर लगेको टिप्पणी गरे ।

पार्टी सञ्चालनका लागि पैसा चाहिने भएकाले दुई पैसा दान दिने मान्छे हाबी हुन थालेको बताए ।

कांग्रेस अहिले संसदको सबैभन्दा ठुलो पार्टी भएकाले उल्लेख गर्दै संसारका सयौं डेमोक्रेसी भएका देशमा भएको कानुन नेपालमा पनि ल्याएर सांसद विकास कोष जस्तो सबै खारेज गर्नुपर्ने बताए ।

उनले भने, ‘संसदबाट पारित गरेर कानुन बनाऔं प्रत्येक राजनीतिक दलले प्राप्त गरेको मतको आधारमा राज्यको कोषबाट पार्टी सञ्चालनका लागि स्रोत प्राप्त गर्ने, त्यो भन्दा बाहिर पार्टीले कसैबाट पनि एक रुपैयाँ लिन नपाउँने र पार्टीको एक एक रुपैयाँको हिसाब सार्वजनिक गर्नुपर्ने । यसो गर्दा कांग्रेस मात्रै अलग्ग हुँदैन । त्यस्तो पार्टी पनि अलग हुन्छ । यस्तो भयो भने नयाँ ढाकारामहरु आउँदैनन् । नभए आइरहन्छन् ढाकाराम नआए टिकाराम आउँछन् । टिकाराम नआए अर्को कोही आउँछन् ।’

यही निर्वाचन प्रणाली रहिरहे धनाड्यहरु हावी हुने उनको बुझाइ छ। कांग्रेसले नै देश बदल्ने उल्लेख गर्दै पार्टी नबद्लीय देशको बद्लिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर