१ लाख १३ हजार नाघ्यो सुनको भाउ – Nepal Press

१ लाख १३ हजार नाघ्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । आज सुन अहिलेसम्मकै महँगिएको छ ।

शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकडर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ झन् आकाशिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर