गार्डकाे कुटपिटबाट ४ विद्यार्थी घाइते – Nepal Press

गार्डकाे कुटपिटबाट ४ विद्यार्थी घाइते

रूपन्देही । प्यूठान नगरपालिका वडा नं. ३ स्थित मुक्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने ४ जना विद्यार्थीमाथि कुटपिट भएको छ । कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई सोही विद्यालयका गार्डले कुटपिट गरेको प्रधानाध्यापक दामोदर बिष्टले जानकारी दिए ।

‘ब्लक इटा बनाउने तालिम चलिरहेको थियो, अपरेटरसँग विवाद भएछ अनि अपरेटरले गार्डलाई बोलाएपछि गार्डले लाठीले हानेका रहेछन्’, उनले भने ।

घाइतेमध्ये १ जनाको हात र एक जनाको हातको औंला भाँचिएको छ । २ जनाको शरीरमा निलडाम छ । औंला भाँच्चएको बिद्यार्थीलाई बुटवल पठाइको हो ।

गार्डलाई पहिले पनि विद्यार्थी नपिट्न भन्दै आएको प्रधानाध्यापक बिष्टले बताए । बुधबार दिउँसो साढे ३ बजेतिर घटना भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *