खोटाङदेखि जुम्लासम्म नबिल बैंकका एक साथ ३८ नयाँ शाखा उद्घाटन – Nepal Press

खोटाङदेखि जुम्लासम्म नबिल बैंकका एक साथ ३८ नयाँ शाखा उद्घाटन

काठमाडौं । नबिल बैंकले एक साथ खोटाङदेखि जुम्लासम्म ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिहीबार स्थापनाको ३८ वर्ष पार गरेको अवसरमा बैंकले केन्द्रीय स्तरमा कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्‍घाटन गरिएको हो ।

बैंकले खोटाङ, पर्सा, रौतहट, बारा, महोत्तरी, सर्लाही, सप्तरी, ललितपुर, काठमाडौं, धादिङ, भक्तपुर, बाग्लुङ, तनहुँ, कास्की, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, बर्दिया, रुपन्देही, गुल्मी, रुपन्देही, बाँके, दाङ, जुम्ला, कैलाली, डडेल्धुरा जिल्लाहरुमा नयाँ शाखा बिस्तार गरेको हो ।

आज बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाको उद्घाटन गरेका हुन । त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७ वटा शाखाको उद्घाटन गरेका हुन् ।

त्यसैगरी, नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको छ । त्यस्तै, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्‍घाटन गरिएको हो ।

बैंकका ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर