सर्पपालनबारे झलनाथको प्रष्टीकरण : अब म त्यसमा छैन, मबाटै छानबिन होस (भिडिओ) – Nepal Press

सर्पपालनबारे झलनाथको प्रष्टीकरण : अब म त्यसमा छैन, मबाटै छानबिन होस (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको बताएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले कुनै अनियमितता नगरेको दाबी गर्दै कुनै पनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान शुरु गर्न आग्रह गरे।

सर्पकाण्डबारे उनको भनाइ जस्ताको तस्तै

सर्पको सन्दर्भमा ७२ करोड होइन। त्यो सन्दर्भमा अध्ययन भएको थियो। अध्ययनमा चाहिँ ७२ करोड माग्ने भन्ने कुरा रहेछ। तर, प्रदेश सरकारले चाहिँ कति दियो ठ्याक्कै मलाई थाहा छैन। १०/१५ करोड कति हो। त्यो चाहिँ उनीहरूले लिए। ७२ करोड पनि होइन। तर, त्यो संस्थाले ठिक ढंगले काम गर्‍यो कि गरेन म त हेर्न भ्याउँदिन। त्यसको निगरानी गर्ने मेरो दायित्व पनि होइन। त्यस्ता हजारौँ संस्था छन् नि नेपालमा। हजारौँ संस्थामा मेरो जे दायित्व हो त्यसमा पनि त्यति मात्रै दायित्व हो।

त्यस कारण त्यतातिर मैले हेर्नुपर्ने कुरै होइन। त्यो हेर्ने राज्यले हो। अख्तियार छ मैले अख्तियारलाई पनि भने। अहिलेका अख्तियारका प्रमुखलाई पनि मैले भनेको थिए यहाँ यस्तो प्रश्न उठिरहेको छ राई जी तपाईँले हेर्दिनुपर्‍यो है भनेर। नभए सोधे हुन्छ उहाँलाई पनि। त्यो संस्थाले हेर्‍यो कि हेरेन मैले जान्ने कुरा भएन। त्यहाँ केही गडबडी छ भने त्यसले हेर्ने कुरा हो।

त्यहाँ कति मान्छे संलग्न छन् उनीहरूको बारेमा कसले के गर्नुपर्ने भन्ने कुरा पनि मेरो होइन। मैले त त्यो संस्थालाई राम्रो बनोस् भनेर मेरो नाम दिएको थिएँ। मैले मेरो नाम फिर्ता गरिसके। म अब त्यसमा छैन। किनभने यो देशका मान्छेहरू सफा छैनन्।

काम त एकदम राम्रो उद्देश्यले बनाएको हो त्यो। अहिले पनि म भन्छु यो देशमा यतिका धेरै सर्प छन् अहिले फार्म बनाऔँ। त्यसबाट प्रशोधन गरेर हामीले अन्त पनि बेच्न सक्छौँ। नेपालको लागि त त्यो हुन्छ हुन्छ। तर, त्यो कुरा अब राज्यले गर्न सक्दैन। मैले एक्लै गरेर त भएन।

मैले त खाली नाम मात्रै दिएको हो। आइडिया मात्रै दिएको हो त्यो पनि। त्यो आइडियाको कारणले उनीहरूले नाम राख्छौँ भने। त्यसअनुसार उनीहरूले काम गर्न सके की सकेनन् त्यो मेरो जिम्माको विषय होइन। त्यस कारण त्यसमा मलाई नजोडेर हेर्न राम्रो हुन्छ। कुनै काण्डमा आफ्नो नाम जोडिएको छ भने आफैँले सफाइ दिन पहल गर्नुपर्छ।

मैले आज घोषणा गरेको छु मबाट सुरु गर्नुस्। हाम्रो देशका नेताहरूको बारेमा छानबिन गर्ने कुरा झलनाथ खनालबाट सुरु गर्नुस्। म हाँस खुसीसाथ तयार छु। जेसुकै गर्न तयार छु त्यसबाट आइपर्ने दायित्व।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर