प्रधानमन्त्री गएकै दिन रवि लामिछाने किन लागे भारततिर ? रास्वपा भन्छ- संयोगमात्रै मिलेको हो – Nepal Press

प्रधानमन्त्री गएकै दिन रवि लामिछाने किन लागे भारततिर ? रास्वपा भन्छ- संयोगमात्रै मिलेको हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत लागे । उनको भ्रमणलाई लिएर कतिपयले विभिन्न शंका-उपशंका गरिरहेका छन् ।

पार्टीलाई जानकारी गराएर लामिछाने पत्नी निकितासहित हिजो मुम्बई प्रस्थान गरेका हुन् । उनले आफू व्यक्तिगत कामले ६ दिनका लागि मुम्बई जान लागेको सन्देश पार्टीको ग्रुपमा छोडेका थिए । बेलुकी रविकी पत्नी निकिताले सामाजिक सञ्जालमा विमानस्थलको तस्वीर हालेकी थिइन् ।

प्रधानमन्त्रीको भ्रमणसँग जुधाएर रवि किन भारत गए त ? पार्टीका महामन्त्री डा. मुकुल ढकाल यो केवल संयोग भएको बताउँछन् ।

‘के कामका लागि जानुभएको भन्ने थाहा भएन । तर, व्यक्तिगत प्रयोजन भन्नुभएको छ । प्रधानमन्त्री गएकै दिन जानु संयोगमात्रै हो’, उनले भने ।

ढकालले ६ दिनको यात्रामा लामिछानेले राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको बताए । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ नेपाल आउँदा रविले उनलाई भेटेका थिए । सो तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल छ । तर, उक्त भेटघाट र अहिलेको भ्रमणको कुनै सम्बन्ध नरहेको ढकाल बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर