नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह – Nepal Press

नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका गर्न भियतनाम समक्ष आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरेर यस्तो आग्रह गरेको हो ।

हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए ।

दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समुहबीच सहकार्य गर्न समेत अध्यक्ष मल्लले हायसंग प्रस्ताव गरका हुन् ।

नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धि गर्न सहयोग गर्ने हायको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर