हिन्दू राज्यका लागि बीजेपीले पैसा दिने अमेरिकी प्रतिवेदन पत्याउँछु: अशोक मेहेता – Nepal Press

हिन्दू राज्यका लागि बीजेपीले पैसा दिने अमेरिकी प्रतिवेदन पत्याउँछु: अशोक मेहेता

नयाँदिल्ली । भारतका नेपाल विज्ञको नाम कमाएका अवकाशप्राप्त जर्नेल अशोक मेहेताले बिजेपीले नेपालमा हिन्दू राज्य स्थापनाको मिसनमा पैसा दिने कुरामा आफूले विश्वास गर्ने बताएका छन् ।
बुधबारबाट भारत भ्रमणमा रहेका नेपाली प्रधानमन्त्रीको स्वागतमा नेपालको दिल्ली दूतावासले आयोजना गरेको रात्रिभोजमा उपस्थित भएका मेहेताले अमेरिकी सरकारले ल्याएको प्रतिवेदनमा आएको ‘नेपालको हिन्दू धर्मको पक्षमा बिजेपीले पैसा दिने’ कुरा पत्याउने खालको भएको बताए ।

नयाँदिल्लीको बाह्रखम्बाको दूतावास परिसरमा नेपाल प्रेससँग कुराकानी गर्दै मेहेताले भने, ‘बीजेपीले भारतलाई नै हिन्दू राज्य बनाउन खोज्दैछ । नेपालमा नि हिन्दू धर्मको पक्षमा पैसा दिनु सामान्य हो । बीजेपीलाइ यसो गर्नु कुनै असम्भव कुरा होइन ।’

तर, मेहेताले अमेरिकाले कुन गुप्तचरबाट कसरी जानकारी पायो त्यो बारेमा चाहिँ आफ्नो जिज्ञासा भएको बताए । गत मे १५ मा अमेरिकी सरकारले सार्वजनिक गरेको सन् २०२२ को अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनले नेपालका ‘नागरिक समाजका नेता’ को भनाई लिएर हिन्दू राज्यको पक्षमा बिजेपीका नेताहरूले रकम दिने गरेको उल्लेख गरेको थियो ।

फरक प्रसङ्गमा मेहेताले माओवादी अध्यक्ष प्रचण्डले दौरासुरुवाल लाउनु चुनावी बाध्यता भएको बताए ।

‘अहिले ३२ सीटमात्रै छ । दौरासुरुवाल नलाए कसरी ५० पुग्छ ?’ माओवादी नेतृत्वसग युद्धकालबाटै परिचित मेहेताले भने, ‘प्रचण्डले दौरासुरुवाल नलाए घण्टीले धेरै मत काट्छ । चुनाव जित्न प्रचण्डले दौरासुरुवाल लाएको हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *