पाँच आवासीय राजदूतलाई थप एकएक देशको जिम्मेवारी – Nepal Press

पाँच आवासीय राजदूतलाई थप एकएक देशको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका आवासीय राजदूतलाई थप एकएक देशको जिम्मेवारी दिएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै पाँच देशका आवासीय राजदूतलाई थप एकएक देशको गैरआवासीय राजदूत नियुक्त गरेको बताएकी हुन् ।

जसअनुसार अस्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसका आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका आवासीय राजदूत प्रा.डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका आवासीय राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतको जिम्मा दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर