प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका छन् । करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिल्ली गएका हुन् ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् ।

दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर