कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई – Nepal Press

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानतथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिनका लागि भारत भ्रमणमा प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिएको हो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यलयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर