‘विवादास्पद’ नागरिकता विधेयक प्रमाणीकरणपछि एमालेको प्रतिक्रिया- संसदमाथि नांगो अतिक्रमण भयो – Nepal Press

‘विवादास्पद’ नागरिकता विधेयक प्रमाणीकरणपछि एमालेको प्रतिक्रिया- संसदमाथि नांगो अतिक्रमण भयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले थन्काएको विधेयक पौडेलले प्रमाणीकरण गरेपछि एमालेले असन्तुष्टि जनाएको हो ।

एमालेका सचिव योगेश भट्टराईले अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसँगै निष्क्रिय रहेको नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको टिप्पणी गरे ।

उनले फेसबुकमा लेखेका छन्, ‘यो काम सार्वभौम संसदमाथिको नांगो अतिक्रमण हो । संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको विषय हो । प्रमाणीकरणसम्बन्धी विज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ । जबकि विधेयक प्रमाणीकरणको विषय संविधानको को धारा ११३ अनुसार मात्र हुनसक्छ ।’

नेपालको नागरिकता ऐनलाई लिएर विभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र ? भन्दै उनले प्रश्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर