आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई जानकारी गराए
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/01/Prachanda-and-ramchandra-paudel.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।
बुधवार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले बुधवारबाटै हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
प्रधानमन्त्री प्रचण्डले बुधवार चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १२:२५ बजे प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।