यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिददर ९७.२१ र बिकी दर ९८.६६  रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७८ रुपैयाँ र साउथ कोरियन वन १०० को खरिददर १०.१ रुपैयाँ  छ भने बिक्री दर ९० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१  रुपैयाँ रहेको छ भने बिक्री दर ३५।३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.६९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर