जसपाको विधान अधिवेशनको समय परिवर्तन : प्रतिनिधिहरुलाई प्रवेश शुल्क लाग्ने, खाने-बस्ने आफैं व्यवस्था गर्नुपर्ने – Nepal Press

जसपाको विधान अधिवेशनको समय परिवर्तन : प्रतिनिधिहरुलाई प्रवेश शुल्क लाग्ने, खाने-बस्ने आफैं व्यवस्था गर्नुपर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आगामी असार १० देखि १२ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

यसअघि असार ९ देखि सुरु हुने भनिएको महाधिवेशन जेठ १४ गतेको कार्यकारिणी समितिको बैठकले परिवर्तन गर्ने निर्णय गरेको हो ।

जसपाले परिपत्र जारी गर्दै विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका सम्बन्धमा आ-आफ्नो समितिको बैठक बसि निर्णय गरिएको माइन्युटको प्रतिलिपि र प्रतिनिधिहरूको फोटो समेत यही जेष्ठ २५ गते भित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।

अधिवेशनमा सहभागी प्रतिनिधि एवम् पर्यवेक्षकले १००० र पार्टीका केन्द्रीय सदस्यहरूले प्रवेश शुल्क वापत १५०० रुपैयाँ प्रवेश शुल्क बापत लाग्ने पनि जसपाले जनाएको छ ।

साथै विधान अधिवेशनमा सहभागि प्रतिनिधि एवम् पर्यवेक्षकले बस्ने व्यवस्था आफै गर्नु पर्ने र अधिवेशन अवधिसम्म खाना र नास्ताको व्यवस्था आयोजक समितिले गर्ने परिपत्रमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर