‘अखण्ड भारत’को नयाँ नक्सामा सरकारको धारणा सार्वजनिक गर्न राजेन्द्र लिङ्देनको माग – Nepal Press

‘अखण्ड भारत’को नयाँ नक्सामा सरकारको धारणा सार्वजनिक गर्न राजेन्द्र लिङ्देनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अखण्ड भारत’ को नयाँ नक्सामा नेपालको भूमि समेटेकोप्रति आपत्ति जनाएका छन् ।

भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्शामा कपिलवस्तु, लुम्बिनी पनि उल्लेख हुनु आपत्तिजनक रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

उनले तत्काल सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

 


प्रतिक्रिया

One thought on “‘अखण्ड भारत’को नयाँ नक्सामा सरकारको धारणा सार्वजनिक गर्न राजेन्द्र लिङ्देनको माग

  1. यो प्रचण्डको सहमतीमा नै भएको हो जस्तो लाग्दछ । गुलामी गर्न जाँदै छन् क्यारे केहि त भेटि चढाउनै पर्‍यो नि ।

    फेरि तपाईंहरुलाई पनि देशको सिमाना भन्दा राजगद्धी प्यारो छ । विकासका नविनतम प्रयोगबारे दृष्टकोण पेस गर्नुभन्दा कसैको गुमेको पगरी कसरी फिर्ता गराउने भन्ने चिन्ता छ । भ्रष्टाचार र राजनीतिको अपराधिकरणमा मौन स्वीकृति छ ।

    अनि हामी युवाहरु विदेश पलायन हुनुको विकल्प कहाँ बाँकी छ र ? केबल यती हो विदेशीनु नै परेपछि फर्केर आउन नपरे हुन्थ्यो भन्ने हुँदाहुँदै पनि फर्केर आउनु पर्दो रहेछ । कि सास बोकेर, कि लास बनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर