लैङ्गिक अल्पसङ्ख्यकविरुद्ध संसारकै कठोर कानून, युगान्डामा समलैङ्गिक यौनसम्बन्ध कायम गरे मृत्युदण्ड – Nepal Press

लैङ्गिक अल्पसङ्ख्यकविरुद्ध संसारकै कठोर कानून, युगान्डामा समलैङ्गिक यौनसम्बन्ध कायम गरे मृत्युदण्ड

काठमाडौं । विश्वभर लैङ्गिक अल्पसङ्ख्यकहरूलाई समान अवसर र अधिकारको बहस चलिरहेको वर्तमान अवस्थामा अफ्रिकी मुलुक युगान्डामा भने लैङ्गिक अल्पसङ्ख्यकका विरुद्ध संसारकै सबैभन्दा कठोर कानून पास भएको छ ।

सञ्चार एजेन्सी रोयटर्सका अनुसार युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले समलैङ्गिक सम्बन्ध कायम गरेमा मृत्युदण्ड सम्मको सजाय हुने कानूनमा हस्ताक्षर गरेका हुन् ।

यो निर्णयले संसारभरका मानवअधिकारवादी तथा LGBTIQ समुदायको ध्यानाकर्षण गरेको छ । उक्त कानून अनुसार समलिङ्गी यौन सम्पर्कबाट एचआईभीरएड्स जस्ता घातक रोगको फैलन सक्ने भएको भन्दै यस क्रियाकलापमा संलग्न जो कोहीलाई अपराधीको संज्ञा दिइएको छ ।

यस बाहेक समलैंगिकतालाई प्रवर्द्धन गर्नेहरूलाई पनि २० वर्षको जेल सजाय तोकिएको छ ।

युगाण्डाको यो निर्णय पश्चात् संयुक्त राज्य अमेरिकाले युगान्डामा प्रदान गर्दै आएको आर्थिक सहयोगमा कटौती गर्ने चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर