गणतन्त्र दिवसका अवसरमा अखिल क्रान्तिकारीद्वारा दीप प्रज्ज्वलन – Nepal Press

गणतन्त्र दिवसका अवसरमा अखिल क्रान्तिकारीद्वारा दीप प्रज्ज्वलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले दीप प्रज्ज्वलन गरेर गणतन्त्र दिवस मनाएका छन् ।

अखिल (क्रान्तिकारी) ले गणतन्त्र दिवसको अवसरमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरेको हो ।

जन निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

जनआन्दोलन ०६२/६३ कोजगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

उक्त दिप प्रज्ज्वलन कार्यक्रम अखिल क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा भएको हो । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय संयोजक पवन कार्की रहेको र विभिन्न क्यापसहरुबाट नेताकार्यकर्ता विद्यार्थीहरु उपस्थित रहेको केन्द्रीय प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर