बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र – Nepal Press

बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए ।

बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिने बताए ।

प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणमा पर्सि १७ गते भारत जाँदै छन् ।


प्रतिक्रिया

One thought on “बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र

  1. मोदीको सेवामा हाजिर पो महत्वपूर्ण हुन्छ । देशको बजेट त यस्तै त्यस्तै हो नि । देशका विद्युत आयोजना भारतलाई बेच्न जान लागेका हुन् प्रचण्ड । अरू केही हुनेवाला छैन । सीमा र सीमाको बाँधको कुरै नगर्ने रे । हवाई रूट दिन्न भनिसक्यो । वंगलादेशसंग विजुली लैजान दिने भन्ने मात्र हो दिदैन । नेपालका कृषि उत्पादनलाई पाईलै पिच्छे अवरोध खडा गर्छ । यस्तो छिमेकी त कसैलाइ नपरोस् । अहिले टट्टुहरूको गठबन्धन छ ।भारतले जे भन्य‍ो त्यही मान्ने । १५ वर्षदेखि ओगटेको कर्णाली आय‍ोजना जिएमआरसँग खोस्दैन जबकी ३ वर्ष अघिको तमोर खोस्न लागेको छन् दिल्लीका नोकरहरू । नोकरहरू के बुझ भने यस्ता आयोजना बनाउने विजुलीको लागि मात्र होईन रणनीतिक महत्व पनि हुन्छ ।भारत बाहेकका शक्तिशाली राष्ट्रमार्फत बनाउनुको महत्व हुन्छ । म‍ोदीको अघि लम्पसार पर्न जे पनि गर्ने ? चिनियाँ ठेकेदारले बनाएको आयोजनाको विजुली नकिन्ने भारत चीनसँग ११५ अर्ब डलरको व्यापार गर्छ । मोदीको लगौटी पनि चीनबाट आउँछ । भारतमा तिहार त अब चीनियाँ बत्ती नभई चल्दै चल्दैन । अनि नेपालमा चाहिँ चिनियाँ लगानी रोक्ने भन्न लाज छैन मोदीलाई ? यो सबै के हो भने नेपाललाई कमजोर बनाउने, गरिब बनाउने र सधै पिछलग्गु बनाईरहने दिल्लीको रणनीति हो ।यो कुरा बुझेर चीनतर्फको पहुँच अधिकतम बढाउनु नेपालको पहिलो काम हुनुपर्छ । त्यो काम ओलि र एमालेले मात्र गर्छ । टट्टुले गर्दैन । त्यसैले जनताले एमाले छान्नैपर्छ देशको विकास गर्ने हो भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर