सरकारले समेट्यो बागमतीलगायत नदी किनारका अनाधिकृत बस्ती हटाउने कार्यक्रम – Nepal Press

सरकारले समेट्यो बागमतीलगायत नदी किनारका अनाधिकृत बस्ती हटाउने कार्यक्रम

काठमाडौं । सरकारले उपत्यकाका बागमती र विष्णुमती नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने कार्यक्रम घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने बताए ।

स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने उनले जनाए ।

काठमांडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघिय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर