कोटेश्वरमा अण्डरपास बनाइने, १५० पुललाई २ अर्ब ८ करोड विनियोजन – Nepal Press
नयाँ बजेट

कोटेश्वरमा अण्डरपास बनाइने, १५० पुललाई २ अर्ब ८ करोड विनियोजन

काठमाडौं । कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरूवात गरिने अर्थमन्त्री प्रकाशशरण महतले घोषणा गरेका छन् । बजेट वक्तव्यमार्फत् उनले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण सम्पन्न गरिने बताए । त्यसका लागि २ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

त्यस्तै सूर्यविनायक-धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ । काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन २ अर्ब ७ करोड छुट्टयाएको छ ।

राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर