आगामी आवदेखि संसदमा बजेटका सिद्धान्तमाथिको प्रि बजेट छलफल फागुन मसान्तभित्र हुने – Nepal Press

आगामी आवदेखि संसदमा बजेटका सिद्धान्तमाथिको प्रि बजेट छलफल फागुन मसान्तभित्र हुने

काठमाडौं । सरकारले आगामी वर्षदेखि फागुन मसान्तभित्र विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिने धाेषणा गरेकाे छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट (आय व्ययको वार्षिक अनुमान) पेश गर्दै पर्याप्त छलफलका लागि समय मिलोस भनेर यसो गरिने बताए ।

बजेट आउने केही दिन अघि मात्र विनियोजन बिधेयकको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिदै आएको थियो । संसदहरुले यसमा पर्याप्त छलफल गर्ने समय नभएकोभन्दै गुनासो गर्दै आएका थिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले समृद्धि, शुसासन आर्थिक वृद्धितर्फ आगामी बजेट लक्षित भएकोे बताएका छन् । जन अपेक्षालाई संम्बोधन गर्ने प्रयास गरेको महतले बताए । अर्थमन्त्री डा. महतले अर्थतन्त्र लयमा फर्काउन दृढ संकल्प गरिएको उल्लेख गरे ।

फराकिलो र दिगो आर्थिक बृद्धि हासिल गर्ने, कृषि उर्जाको विकास, पूर्वाधार निर्माण, रोजगारी सृजना लगायतलाई बजेटले जोड दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *