‘धोकेबाज हौ तिमी’ गीतमा झुम्यो विराटनगर – Nepal Press

‘धोकेबाज हौ तिमी’ गीतमा झुम्यो विराटनगर

काठमाडौं । एनसेल आजियाटाले हाटखोला मैदानमा आयोजना गरेको कन्सर्टमा विराटनगरवासी झुमेका छन् ।

शनिबार विराटनगरको हाटखोला मैदानमा भएको कन्सर्टमा ‘धोकेबाज हौ तिमी’, ‘क्या दामी भो’, ‘पिलायो साथीले’ जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगरवासीलाई नचाएका हुन् ।

त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्‍याप गीतले सांगीतिक कार्यक्रम झनै तातिएको थियो । दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको ‘मन मगन’, ‘काली काली हिस्सी परेकी’, ‘मायाको डोरी’लगायतका चर्चित गीतहरुको प्रस्तुतिसाथ शनिबार विराटनगर संगीतमय बनेको थियो ।

कार्यक्रममा हजारौं विराटनगरका दर्शकहरु उत्साहका साथ झुम्मिका थिए । दिउँसो केही गर्मी भए पनि दर्शकहरुले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरुमा गाउँदै नाचेका थिए ।

यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाडौंको दरवारमार्गमा १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर