कावा महालेखापरीक्षकको जिम्मेवारी राममाया कुँवरलाई – Nepal Press

कावा महालेखापरीक्षकको जिम्मेवारी राममाया कुँवरलाई

काठमाडौं । महालेखापरीक्षकको कार्यालयमा कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी उपमहालेखापरीक्षक राममाया कुँवरले सम्हालेकी छन् ।

उपमहालेखापरीक्षकको जिम्मेवारीमा रहेकी कुँवरले जेठ ८ गतेदेखि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी हुन् ।

महालेखापरीक्षक टंकमणि शर्मा ६ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गएपछि उनले नयाँ महालेखापरीक्षक नियुक्त नभएसम्मका लागि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी हुन् ।

संवैधानिक निकाय कार्य सञ्चालन नियमावली अनुसार महालेखापरीक्षकको कार्यालयमा कार्यरत ज्येष्ठ उपमहालेखापरीक्षकमध्ये ज्येष्ठ उपमहालेखापरीक्षकले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हाल्ने कानूनी व्यवस्था छ ।

उपमहालेखापरीक्षक कुँवर साउन २२ गते पाँच वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले सोही दिनसम्म कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी प्राप्त गर्ने उनी दोस्रो महिला हुन् । महालेखापरीक्षकको कार्यालयमा पहिलो महिला उपमहालेखापरीक्षक बनेकी विमला सुवेदीले यस अघि कार्यवाहक महालेखापरीक्षकसमेत जिम्मेवारी सम्हालेकी थिइन ।

उपमहालेखापरीक्षकको पहिलो नम्बरमा राममाया कुँवर र दोस्रोमा महेश्वर काफ्ले रहेका छन् । कुँवरलाई २०७५ साल साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षकबाट उपमहालेखापरीक्षकमा बढुवा गरेको हो । उनी करिब पाँच वर्षदेखि उपमहालेखापरीक्षकको जिम्मेवारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर