गणतन्त्र दिवसमा ‘रेशम फिरीरी’- विजेता शैलीमा रिहा – Nepal Press
फोटो फिचर

गणतन्त्र दिवसमा ‘रेशम फिरीरी’- विजेता शैलीमा रिहा

काठमाडौं । टिकापुर हत्याकाण्डका प्रमुख योजनाकार रेशम चौधरीले गणतन्त्र दिवसको फल प्राप्त गर्दै आममाफी पाएका छन् । जन्मकैदको सजाय पाएका उनी १५ बर्ष जेल बस्न बाँकी छँदै रिहाइ भए ।

गणतन्त्र दिवसको अवसरमा रेशमलाई सजायबाट सरकारले उन्मुक्ति दिएको हो । यद्यपि, स्वागतको तामझाम हेर्दा उनको पार्टीले यसलाई ‘सफाइ’ कै रुपमा बुझेको देखियो । उनलाई यसरी फुलमालाले रंगाएर स्वागत गरिएको थियो, मानौं देशका लागि कुनै कीर्तिमान रचेर आएका होउन् ।

कालो चश्मा र ढाका टोपी लगाएका रेशमले फिल्मी स्टारको शैलीमा गाडीको हुटबाट उभिएर समर्थकलाई अभिवादन गरेका थिए । रेशमलाई स्वागत गर्न विहानैदेखि डिल्लीबजार कारागारबाहिर नेताकार्यकर्ताको भिड थियो ।

मन्त्रीसमेत रहेकी पत्नी रञ्जिता तथा संसद बुवा पनि कारागार पुगेका थिए । सरकारले गणतन्त्र दिवसको समारोह गर्न नभ्याउँदै नागरिक उन्मुक्ति पार्टीका नेता–कार्यकर्ताले उत्सव मनाउन भ्याइसकेका थिए ।

जेलबाट छुटेपश्चात रेशमले २०८४ सालपछि देशको बागडोर सम्हाल्ने उद्घोष गरे । यद्यपि, कानूनतः उनी अब चुनाव लड्नका लागि योग्य हुने छैनन् । जन्मकैदको सजाय पाएको व्यक्ति कुनै पनि चुनावका लागि अयोग्य हुने कानूनी व्यवस्था छ । तर, नेपालमा संविधान, कानून र अदालतभन्दा ठूला राजनीतिक दलहरु छन् । उनीहरुले चाहे नहुने के छ र ।

तस्बिरहरु: उमेश कार्की  र गाैरव पाैडेल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर