रेशमलाई आममाफी दिने घोषणाको रास्वपाद्वारा विरोध – Nepal Press

रेशमलाई आममाफी दिने घोषणाको रास्वपाद्वारा विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले आममाफी दिने घोषणाको विरोध गरेको छ ।

पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको उल्लेख गरेका छन् ।

जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानूनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत भएको रास्वपाले बताएको छ ।

‘निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर