रक्तचन्दनको तेलसहित चुच्चेपाटीबाट ७ जना पक्राउ – Nepal Press

रक्तचन्दनको तेलसहित चुच्चेपाटीबाट ७ जना पक्राउ

काठमाडौं । प्रतिबन्धित रक्तचन्दनको तेलसहित काठमाडौंको चुच्चेपाटीबाट ७ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तेलको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रहरीका अनुसार प्रतिलिटर २ लाख ५० हजार रुपैयाँले कारोबार भइरहेको अवस्थामा उनीहरुलाई ८० लिटर तेलसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा काठमाडौंको चाबहिलका ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोटका २८ वर्षीय विनोद बराल, सुर्खेतको वीरेन्द्रनगरका ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछापको लिखु तामाकोशीका ३५ वर्षीय नवीन दाहाल र रामेछापको लिखुतामाकोशीका ३९ वर्षीय गोकर्णहरि दाहाल रहेका छन् ।

यस्तै बाँकेको कोहलपुरका ५८ वर्षीय निलकान्त भुसाल र धादिङको निलकण्ठका ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा पनि पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *