प्रधानमन्त्रीको प्रतिबद्धता- भारत भ्रमणमा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्छु – Nepal Press

प्रधानमन्त्रीको प्रतिबद्धता- भारत भ्रमणमा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको हितलाई नै केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीको भनाई उदृत गर्दै राप्रपा नेता प्रकाशचन्द्र लोहनीले भने, ‘म तपाईंहरुले भनेको सुनाप्रति संवेदनशिल छु। म नेपालको हितलाई नै मध्यनजर गरेर मात्रै अघि बढ्छु। नेपालको हितलाई केन्द्रबिन्दुमा राख्छ ।’

उनले आफूहरुले नेपालको राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानमा केन्द्रित भएर भएर कुराकानी गर्ने सुझाव दिएको बताए ।

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने परराष्ट्रमन्त्री एनपी साउद, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रकाश चन्दै लोहनीलगायत सहभागी थिए ।
प्रधानमन्त्री आगामी जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको प्रतिबद्धता- भारत भ्रमणमा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्छु

  1. प्रचण्डले मोदीको अगाडि नेपालको हित हेर्ने ? असमभव ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर