नीति तथा कार्यक्रम पढ्न खोज्दा फाइल रित्तो भेटिएपछि… – Nepal Press
बागमती प्रदेश

नीति तथा कार्यक्रम पढ्न खोज्दा फाइल रित्तो भेटिएपछि…

हेटौंडा । बागमती प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख केही समय अलमलमा परेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा कार्यक्रमको फाइल पेश गरेका थिए । मुख्यमन्त्रीले पेश गरेको फाइल खोलेर पढ्न खोज्दा रित्तो पाएपछि शर्मा केहीबेर अलमलिए ।

मुख्यमन्त्रीतर्फ इसारा गर्दै उनले खाली फाइल देखाए । मुख्यमन्त्री जम्कट्टेल पुन: रोष्टममा पुगेर आफूसँग रहेको एक प्रति नीति तथा कार्यक्रमको कपी दिएपछि शर्माले वाचन सुरू गरे ।

नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नीति तथा कार्यक्रम प्रस्तुतिमा ६ वर्षको प्रदेशसभाकालमा अहिलेको जस्तो लापरबाही नदेखेको बताए । तबरले नीति तथा कार्यक्रम आफुले नदेखेको बताए । सत्तारुढ दलहरूबीचको बेमेलको कारण यस्तो अवस्थाको सृजना भएको उनको टिप्पणी छ ।

नेकपा एमालेका बागमती प्रदेशसभा सदस्य भरतबहादुर केसीले यो सत्तारुढ दलको चरम लापरबाही भएको बताए । सरकारले नीति तथा कार्यक्रममा लज्जास्पद व्यवहार प्रस्तुत गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर