१७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब बढी – Nepal Press

१७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब बढी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा कायम भएको छ ।

७० लाख ५० हजार ३९ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ ।

यस्तै, उपसमूहतर्फ २ वटा समूह बाहेकका बाँकी ११ समूहको सेयरमुल्य घटेको छ ।

आज कारोबारका आधारमा आज यूनियन लाईफ इन्स्योरेसन कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था को सेयर सकारात्मक सकिर्ट लेबलमा करोबारका साथ शिर्ष स्थानमा रहेका छन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर