जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु – Nepal Press

जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु गरेको छ ।

गत बिहिबार कालिकोट र शुक्रबार जुम्लामा टेलिकमको कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको सुरु गरिएको हो ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार फाइबर टु द होम (एनटी फाइबर) मा एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ ।

त्यस्तै, एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ ।

हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधामा एफटीटीएच प्याकेज वार्षिक ८ हजार रुपैयाँमा, एनटीटीभी सहितको प्याकेजलाई वार्षिक १२ रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर