काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो – Nepal Press

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो

काठमाडौं । उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो स्थान हासिल गर्‍यो ।

दोस्रो सेटमा उज्वेकिस्तानलाई २५-१६ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमश: २५-१५ र २५-१३ को जित निकाल्यो ।

आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो । भने, काजकिस्तान समूह बी मा अपराजित रह्यो । समूह चरणमा लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए ।

नेपाल सेमिफाइनलमा ३-२ को सेटमा काजकिस्तानसँग पराजित हुँदै उपाधि होड बाट बाहिरिएको थियो । भने, उज्वेकिस्तान भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा बिभाजन गरिएको थियो । समूह ए मा नेपाल, भारत, कीर्गिस्तान र बंगलादेश थिए । समूह बी मा माल्दिभ्स, श्रृलंका, उज्वेकिस्तान र काजकिस्तान थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *