सुनको मूल्य घट्यो, चाँदीको वृद्धि – Nepal Press

सुनको मूल्य घट्यो, चाँदीको वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारका दिन शुक्रवार मात्रै एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलामा १५ रुपैयाँ वृद्धि भएर एक हजार तीन सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर