काभा महिला भलिबल फाइनलमा काजकिस्तान र भारत भिड्दै, नेपाल तेस्रो स्थानका लागि खेल्ने – Nepal Press

काभा महिला भलिबल फाइनलमा काजकिस्तान र भारत भिड्दै, नेपाल तेस्रो स्थानका लागि खेल्ने

काठमाडौं। काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल खेल आज हुँदैछ ।

साँझ ४स्१५ बजे हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सेमिफाइनलमा चुकेका नेपाल र उज्बेकिस्तान तेस्रो स्थानका लागि साढे ११ बजे खेल्दैछन् ।

भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो । भने, काजकिस्तान समूह बी मा अपराजित रह्यो ।

समूह चरणमा लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए ।

नेपाल सेमिफाइनलमा ३(२ को सेटमा काजकिस्तानसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । भने, उज्वेकिस्तान भारतसँग सोझो सेटमा पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर