चुरे दोहनबारे प्रधानमन्त्रीले भने- १ खर्बको गिट्टी बालुवा स्वतः बगेर भारत जान्छ (भिडिओ) – Nepal Press

चुरे दोहनबारे प्रधानमन्त्रीले भने- १ खर्बको गिट्टी बालुवा स्वतः बगेर भारत जान्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईको मरुभूमिकरण रोक्न सरकार गम्भीर रहेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै चुरे संरक्षणबारे दुई अध्ययन प्रतिवेदनको निष्कर्ष चुरे संरक्षण र तराईको मरुभूमिकरण रोक्नको लागि गिट्टी बालुवाको सही उपयोग र व्यवस्थापन जरुरी रहेको बताए।

उनले भने, ‘यतिकै छाड्दा मरुभूमिकरणलाई तीव्र पारेको छ। करिब १ खर्बको गिट्टी बालुवा स्वतः बगेर भारत जान्छ र त्यो उपयोग गरिरहेको तथ्यांकसहितको निष्कर्ष छ। गिट्टी बालुवाले गर्दा जमिन नष्ट भइरहेको अध्ययनले देखाएको छ।’


प्रतिक्रिया

One thought on “चुरे दोहनबारे प्रधानमन्त्रीले भने- १ खर्बको गिट्टी बालुवा स्वतः बगेर भारत जान्छ (भिडिओ)

  1. अनि केपिले व्यवस्थित तरिकाले बालुवा गिट्टी निकालेर चाहिएको जति देशमा प्रयोग गर्ने बढी भएको निकासी गर्ने भन्दा यो देशका दलाल पार्टी, दलाल मिडिया र वुद्विजिवीका नामका गोरूजिविहरूले विरोध गरेका होईनन ? अहिले कहाँ गए ती दलालहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर