श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३ (तस्बिरहरू) – Nepal Press

श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३ (तस्बिरहरू)

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि चुमेकी हुन् ।

उनले लिबरल आर्टस/साइन्समा स्नातक गरेकी छन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् ।

पहिलो मिस नेपाल रुवि राणाकी छोरी उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् ।

यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् । उनी कमर्सियल पाइलट हुन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर