फेकोफनको अध्यक्षमा गुल्मीका ठाकुर भण्डारी – Nepal Press

फेकोफनको अध्यक्षमा गुल्मीका ठाकुर भण्डारी

रूपन्देही । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनको सातौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

नयाँ नेतृत्वको केन्द्रीय अध्यक्षमा गुल्मीका ठाकुर भण्डारी निर्वाचित भएका छन्। उनी फेकोफनको निवर्तमान सचिव हुन् ।

काठमाडौंमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा हुम्लाका बिर्खबहादुर शाहीलाई चयन गरेको छ । उनी फेकोफनको निवर्तमान महासचिव हुन्।

यस्तै, महासचिवमा पार्वता गौतम चयन भएकी छन्। उनी फेकोफनको निवर्तमान कोषाध्यक्ष हुन् ।

सचिवमा बाँकेका डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपाने चयन भएका छन् ।

एक उपाध्यक्ष र दुई उपमहासचिव चयन हुन बाँकी छ। अरू सबै पदाधिकारीहरू र केन्द्रीय सदस्यहरू चुनिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर